गाउँपालिकामै निःशुल्क भिडियो एक्सरे सेवा

डडेल्धुरा : डडेल्धुराको अजयमेरू गाउँपालिकाले भिडियो एक्सरे मेशिन खरिद गरी निःशुल्क सेवा सुरु गरेको छ। ग्रामीण क्षेत्रमा निःशुल्क रूपमा भिडियो एक्सरे सेवा प्रदान गर्ने अजयमेरू डडेल्धुराको पहिलो स्थानीय सरकार हो।

६ वडा रहेको अमजमेरु गाउँपालिको सदरमुकाम भद्रपुर रहेको भद्रपुर स्वास्थ्य चौकीबाट नियमित तथा निःशुल्क सेवा दिइरहेको अनमी माया अवस्थीले जानकारी दिइन्। २१ दिने गाउँपालिकाले तालिममा सहभागी गराएपछि उनले यहाँका सेवाग्राहीलाई सेवा दिइरहकी हुन्। अहिले पालिका भरिका गर्भवती महिलाको निःशुल्क चेकजाँच भइरहेको छ।

समान्य चेकजाँच गर्न डडेल्धुरा अस्पताल पठाउनुपर्ने बाध्यता हटेको एक्सरे तालिम प्राप्त अनमी अवस्थीले बताइन्। ‘सुरु गरेको दिनहरूमा भीड नै लागेको थियो गर्भवती चेकजाँच गर्ने महिलाको’ उनले भनिन्, ‘अहिले पनि दैनिक रूपमा ६/७ जना आइरहेका नै हुन्छन्।’


२९ माघ २०७६, बुधवार ११:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु