डोटीको सुजङ्ग अस्पतालद्धारा थप स्वास्थ्य सेवा बिस्तार

डोटी : डोटीको सुजङ्ग अस्पतालले नयाँ व्यवस्थापनका साथ थप स्वास्थ्य सेवा सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुकै उतकृष्ट भौतिक पुर्वाधार भएको सो अस्पतालले सोमबारबाट गाइनो सेवा (महिला विशेषज्ञ सेवा) सुरु गरेको हो ।

पहाडी जिल्लाका महिलाहरुमा पाठेघर र स्तन सम्बन्धि बढी सम्स्या देखिने भएकाले अस्पतालले गाइनो सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश जोशीले बताए । उनले व्यवसायीक लाभभन्दा सेवाभावलाई मध्यनजर गरी अस्पतालमा थप सेवा सुचारु गरेको बताए ।

अस्पतालले सेवा सुरु गरेको पहिलो दिनमै ८५ जना महिला विरामीले सेवा लिएका छन् । जसमा आर्थिक अवस्था कमजोर भएका १० जना विरामीको निशुल्क उपचार गरिएको छ ।

अन्य सबै विरामीहरुलाई सेवा सुरु गरिएको अवसरमा २० प्रतिशत प्रयोगशाला र १० प्रतिशत औषधिमा छुट गरिएको अस्पतालले जनाएको छ । सेवा लिन आएका विरामीहरु मध्य ९ जनालाई शल्यक्रियाका लागि १५ दिन पछि आउँन भनिएको छ ।

महिला विशेषज्ञ सेवा सुरु गरे संगै सुजङ्ग अस्पताल पहाडी जिल्लामा गाइनो सेवा प्रदान गर्ने एक मात्र अस्पताल बनेको छ ।


२८ माघ २०७६, मंगलवार ०२:४३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु