भारतको केरलामा पनि देखियो कोरोना भाइरस

भारतको केरलामा एक जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।बिहीबार भारतको स्वास्थ मन्त्रालयले चीनको वुहानबाट पढेर केरला फर्केका विद्यार्थीमाथि संक्रमण देखिएको बताएको छ।

‘केरलामा चीनको वुहान विश्वविद्यालयबाट फर्केका एक विद्यार्थीमाथि कोरोना भाइरसको संक्रमण देखियो। चेकजाँचपछि अहिले अस्पतालमा राखिएको छ,’ मन्त्रालयका एक अधिकारीले भनेका छन्।विद्यार्थीमा संक्रमण रहेको पुष्टि भएसँगै भारतका अस्पताल र मेडिकल कलेजहरुले सतर्कता अपनाएको स्वास्थ मन्त्रालयले जनाएको छ।भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार आठ सय छ जना नागरिकलाई संक्रमण जोखिमबाट बचाउन निगरानीमा राखिएको छ।

दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा भर्ना भएका तीन जनामा संक्रमण नरहेको पाइएपछि डिस्चार्ज भएका छन्। उनीहरुलाई सोमबारदेखि अस्पतालमा विषेश निगरानीका साथ राखिएको थियो।चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अहिले १५ देशमा देखिएको छ।


१७ माघ २०७६, शुक्रवार ०३:४२ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु