सुदूरपश्चिमका सात पहाडी जिल्लाको प्रमुख भिमदत्त राजमार्ग जोखिमपूर्ण बन्दै
डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको मुख्य विन्दु सात पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको छ । मर्मतसम्भार नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख राजमार्ग भिमदत्त राजमार्ग जोखिम बन्दै गएको हो ।
सडकका बीचबीचमा ठूलाठूला खाल्टाखुल्टी परेका छन्। खाल्टाखुल्टीका कारण सडक जीर्ण हुँदा यातायात सञ्चालनमा जोखिम बढेको छ। भिमदत्त राजमार्गको गैरादेखि साहुखर्क क्षेत्रमा सडकमा बीचबीचमा खाल्टाखुल्टी हुँदा उक्त क्षेत्रमा यातायात सञ्चालनमा जोखिम बढेको छ। भिमदत्त राजमार्ग मर्मतका लागि प्रत्येक वर्ष ठेक्का हुने गरेको भए पनि ठेकेदारको अटेरीका कारण सडकको मर्मत हुन नसकेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ।
पटकपटकको वर्षा र हिमपातले कालोपत्र उप्किएर राजमार्गका बीचबीचमा खाल्टाखुल्टी परेका छन्। सडक साँघुरो लगातारको हिमपातले सडकबाट हिउँ हटाउनुपर्दा सडक हिलाम्य भइ बीच सडकमा खाल्टाखुल्टी हुँदा दुर्घटनाको जोखिम बढेको चालक बताउँदै आएका छन्। साविकको सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईका जिल्लासँग जोड्ने एकमात्र यो राजमार्गमा सवारी साधनको अत्यधिक चाप हुने गरेको छ।
केही समययतादेखि यो सडकमा ठूला यातायातका सवारी साधन क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने दुई हजारभन्दा बढी यातायातका सवारी साधन सञ्चालन हुने गरेका छन्।
हिमपातले शुरु हुने भएकाले सडको अवस्था जीर्ण हुदा तथा वर्षा यहाँका हिउँदेयाममा मङ्सिरदेखि चैतसम्म यस राजमार्गामा भारी हिमापत हुने र वर्षायाम हिलाम्य हुने र चिप्लो सडकमा दुर्घटनाको जोखिम हुँदा पनि सवारी चलाउनुपर्ने बाध्यता रहेको डडेलधुरा–धनगढी नियमित माक्रोबस चलाउँदै आएका रोहित भण्डारीले बताए। रासस
१३ माघ २०७६, सोमवार ०४:३६ बजे प्रकाशित