punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्रियाशील पत्रकार महिलाको जिल्ला अध्यक्षमा कुंवर

Chaupati
safha napa

धनगढी, २ पुस । क्रियाशील पत्रकार महिला कैलाली जिल्लाको अध्यक्षमा अमिता कुँवर चयन भएकि छिन । उनी दिनेश एफएमकी स्टेशन म्यानेजर हुन् । त्यसै गरि उपाध्यक्षमा मर्निङ बेल दैनिक कि प्रकाशक रमा भट्टराइ सचिबमा रेडियो पश्चिम टुडेकि स्टेशन म्यानेजर भुवन जोशी, सह–सचिबमा हाकाहाकी कि सुदूरपश्चिम व्यूरो खेमा बस्नेत कोषाध्यक्षमा दिनेश खबरकि सञ्जिता कुँवर चयन भएका छन् ।

यस्तै सदस्यहरुमा जमुना न्यूरे, मनिषा चन्द, प्रिति परियार, सुनिता विक, रक्षा बाग्चन्द, रेसु बराईली, मनिषा श्रेष्ठ र एक जना पछि मनोनय गर्ने गरि १३ जनाको नयाँ कार्य समिति गठन भएको हो ।

नयाँ कार्य समितिलाई शुभकामना दिदै पूर्व अध्यक्ष उन्नती चौधरीले क्रियाशील पत्रकार महिलाले विगत लामो समय देखि पत्रकार महिलाहरुको हक हितकोलागि काम गर्दै आएको बताईन् ।

पूर्व अध्यक्ष चौधरीले नयाँ कार्य समितिलाई पत्रकार महिलाहरुको पेशागत सुरक्षासंगै संख्यात्मक तथा गुणत्मक बृद्धिकोलागि सम्पूर्ण पदाधिकारीहरुलाई आर्थिक सक्रियताका साथ लागि पर्न अनुरोध गरिन ।


२ पुस २०७६, बुधवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु