बझाङमा एमालेका ऐनबहादुर महरको अग्रता कायमै, कांग्रेसका रसाइली पछ्याउँदै, रास्वपा चौथो स्थानमा

धनगढी। बझाङमा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरले आफ्नो अग्रतालाई कायमै राखेका छन्।

प्राप्त विवरण अनुसार महरले १४ हजार ५ सय ५२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। महरलाई नेपाली कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीले चुनौती दिइरहेका छन्। रसाइलीले १२ हजार ८ सय ६१ मत प्राप्त गरेका छन्। उनीहरूबिच मुख्य प्रतिस्पर्धा देखिएको छ। तेस्रो स्थानमा भने नेकपाका उम्मेदवार मीनबहादुर कुँवर देखिएका छन्।


२३ फागुन २०८२, शनिवार ०८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु