डोटीमा नेकपा एमालेको अग्रता
डोटी। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत डोटीमा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेका दिपक धामीले २४० मत ल्याएका छन् ।
धामीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का त्रिलोचन भट्टले २१० मत ल्याएर पछ्याइरहेका छन्।
कांग्रेसका भरत खड्काले ९७ मत ल्याएरका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नरेन्द्र खड्काले ८२ मत ल्याएका छन् ।
२२ फागुन २०८२, शुक्रवार १४:४२ बजे प्रकाशित













