प्रधानमन्त्री ओली भोलि थाइल्याण्ड जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली भोलिबाट थाइल्याण्डको भ्रमणमा जाने भएका छन् । ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराएका हुन् ।

दुई प्रधानमन्त्रीको उपस्थितिमा ६ समझदारीमा हस्ताक्षर हुने प्रधानमन्त्री ओलीले जानकारी दिए । कुटनीतिक सम्बन्ध स्थापनापछि नेपालको प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो ।

 


१८ चैत २०८१, सोमवार १२:३० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु