सवारी दुर्घटनामा परेर एक जना व्यापारीको ज्यान गयो

रौतहटको गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारी दुर्घटनामा परेर एक जना व्यापारीको ज्यान गएको छ। मर्निङवाकमा गएका गरुडाका स्थानीय व्यापारी ४० वर्षीय राजनारायण साहको सोमबार बिहान साढे ५ बजे जिंगडियामा सवारीको ठक्करबाट मृत्यु भएको हो ।

साहलाई कुन गाडीले ठक्कर हान्यो थाहा हुन सकेको छैन। पीडित परिवार र गरुडाका स्थानीय व्यापारी मिलेर झन्डै २ घण्टा गौर चन्द्रपुर सडक अवरुद्ध गरेका थिए । गरुडा नगरप्रमुख कन्थमणि जैसवालले दुर्घटना भएको ८ घण्टा बित्दा पनि ठक्कर दिएर भागेको सवारीसाधनको बारेमा यकिन नहुनुमा प्रहरीको कमजोरी रहेको बताए ।


१२ मंसिर २०७९, सोमवार १५:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु