बाजुरामा हत्या गरिएका अयडीको ९ दिनपछि अन्तिम संस्कार

एमाले बाजुराले सोमबार बिहान उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखेपछि शव यात्रा गरेको हो । बाजुराको त्रिवेणी नगरपालिका ७ घर भएका ३२ वर्षीय अयडीलाई मतदानको दिन त्रिवेणी ७ कै मतदान केन्द्रमा विवाद भएपछि कांग्रेस कार्यकर्ताहरुले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते अवस्थामै घर पुुगेका उनलाई फेरि राति घरमै गएर कुुटपटि गरी हत्या गरिएका विवरणहरु सार्वजनिक हुँदै आएका छन् । राति अछामस्थित बयालपाटा अस्पतालमा लिइएको भए पनि चिकित्सकले उनको मृत्यु भइसकेको बताएका थिए । चेतनको हत्याअघि प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता सञ्जिव अयडीको मृत्यु भएको थियो ।

मृतक परिवारले हत्यामा संल्गन रहेको भन्दै २२ जनामाथि किटानी जाहेरी दिएको छ । संलग्नहरुलाई पक्राउ गरी काराबाही गर्नु पर्ने माग गर्दै बाजुरा एमाले लगातार सडक आन्दोलनमा छ । प्रहरीले केहीलाई पक्राउ गरिएको र फरार रहेका केहीको खोजी कार्य जारी रहेको जनाएको छ ।

बाजुराको मतगणना भने अझै अनिश्चित छ । निर्वाचनमा धाँधली भएको उजुरी परेपछि निर्वाचन आयोगको टोली स्थलगत अध्ययन गरी काठमाडौं फर्किएको छ । अर्कोतिर त्रिवेणीमा दुुई जना युवाको मृत्युको घटनाको अध्ययन गर्न गठित छानबिन टोली पनि यतिबेला बाजुरामै छ ।


१२ मंसिर २०७९, सोमवार १२:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु