कैलाली क्षेत्र नं. ५ ‘ख’का स्वतन्त्र उम्मेदवार भण्डारीले सरकारी सेवा सुविधा नलिने

कैलाली निर्वाचन क्षेत्र नं. ५ ‘ख’का स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले सरकारी सेवा सुविधा नलिने कसम खाएका छन् । भण्डारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको निङलाशैनी मन्दिर पुगेर कसम खाएका हुन् । भण्डारीले बुधवार मन्दिरमा पुगेर चुनाव जितेर गएमा कुनै पनि सरकारी सेवा सुविधा, तलब भत्ता नलिने कसम खाएका छन् ।
विगतदेखि नै आफूले सामाजिक काम गर्दै आएको र आगामी दिनमा पनि संसदमा जनताकै सेवाका लागि सक्रिय हुने भन्दै आफूले मन्दिरमा पुगेर कसम खाएको उनको भनाई छ ।
‘जितेर गएपछि मैले काम गर्छु भन्ने विश्वास जनतालाई दिलाउनुछ,’ भण्डारीले भने, ‘त्यही भएर मैले यस क्षेत्रको धार्मिक आस्थाको केन्द्र निङ्लासैनी मन्दिरमा पुगेर कसम खाएको छु ।’
१७ कात्तिक २०७९, बिहीवार ०८:३७ बजे प्रकाशित