Hotel Flora Long Ad

कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी १४ बर्षपछि पक्राउ परेका छन् । कैलालीको साविक दोदोधरा गाविस वडा नम्बर ७ बस्ने ३० बर्षीय मोहन भट्टराईलाई १४ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय सडकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पूर्व-पश्चिम राजमार्गमा मोहनले चलाएको से १ प ६७६३ नम्बरको मोटरसाईकलले एक जना पैदल यात्रीलाई ठक्कर दिई घटनास्थलमै मृत्यु भएको थियो ।

उनी पनि वारदात मितिदेखि फरार रहेका थिए । कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२२ मंसिर २०७८, बुधवार १४:५९ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु