सुदूरपश्चिमका झण्डै दुई लाख ८५ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने
डोटी : सुदूरपश्चिम प्रदेशमा नौ महीनादेखि पाँच वर्षमुनिका दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइने भएको छ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार १-३० चैतसम्म प्रदेशका नौ वटै जिल्लामा खोप अभियान संचालन गरिनेछ।
अभियानमा पाँच हजार २०० खोप केन्द्र रखिनेछ। र नौ हजार ३०० स्वयंसेवकसमेत परिचालन गरिनेछ।
अभियान अन्तर्गत डोटीमा करिब २४ हजार ५५० बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।
२७ फागुन २०७६, मंगलवार ०१:५९ बजे प्रकाशित